काठमाडौँ ।
आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे बस्ने हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिक
रणसँग विपद्पश्चात गरिएका उद्धार, राहत तथा पुनर्निर्माण र पुनस्र्थापनाका कार्यहरूको पछिल्लो प्रगति विवरण सम्बन्धमा जानकारी लिने कार्यसूचि रहेको छ । दिउँसो साढे १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति र विधायिकी अन्तर सम्बन्ध अध्ययन सिफारिस उपसमितिका प्रतिवेदन माथि छलफल हुनेछ । बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेद




