फ्रान्समा पेन्सन सुधारविरुद्ध विशाल प्रदर्शनः तीन लाख २० हजार सडकमा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १५ २०८३, आइतबार

फ्रान्समा पेन्सन सुधारविरुद्ध विशाल प्रदर्शनः तीन लाख २० हजार सडकमा

पेन्सन सुधारसम्बन्धी सरकारी नीतिको विरोधमा फ्रान्सभर शनिवार विशाल प्रदर्शन भएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार करिब ३ लाख २० हजार प्रदर्शनकारी सडकमा उत्रिएका छन् । जसले फ्रान्सका मुख्य शहरहरूको जनजीवन प्रभावित पारेको छ । फ्रान्समा पछिल्लो केही समययता सरकारविरुद्धको असन्तुष्टि उत्कर्षमा पुगेको छ । शनिवार भएको प्रदर्शन अक्टोबर १७ यताको तेस्रो ठूलो विरोध कार्यक्रम हो । पेरिसमा मात्रै स्थानीय समयअनुसार साँझ ५ बजेसम्म ७० हजारभन्दा बढी मानिस सडकमा रहेको गृह मन्त्रालयले जनाएको छ । यद्यपि, विद्यार्थी तथा युवा संगठनहरूले भने देशभरको सहभागिता ५ लाखको हाराहारीमा रहेको दाबी गरेका छन्, जसमा पेरिसमा मात्रै २ लाख सहभागी भएको बताइएको छ । प्रदर्शनका कारण फ्रान्सको सार्वजनिक यातायात व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त बनेको छ । पेरिसको यातायात सेवा प्रदायक आरएटीपीले शनिवार राजधानीका ४० भन्दा बढी मेट्रो स्टेशनहरू बन्द गरिएको जनाएको छ । धेरैजसो प्रदर्शन शान्तिपूर्ण रहे पनि केही स्थानमा भने सुरक्षाकर्मीसँग तनाव उत्पन्न भएको थियो । पेरिसको पोर्टे डि चारेन्टन क्षेत्रमा प्रदर्शनको अन्त्यतिर केही समूहले प्रहरीमाथि वस्तु प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । देशैभर सुरक्षा व्यवस्थालाई चुस्त राख्न ७० हजार सुरक्षाकर्मी र जण्डारमे तैनाथ गरिएको थियो । प्रदर्शनकारीहरूले सरकारी नीति फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

Leave a Reply

ताजा समाचार