बौद्धिक सम्पती संरक्षण तथा सुरक्षाका उजुरी दिनेको संख्या बढ्दोः चालु आर्थिक वर्षभित्र मात्रै ५ सय ७१ वटा उजुरी दर्ता | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

बौद्धिक सम्पती संरक्षण तथा सुरक्षाका उजुरी दिनेको संख्या बढ्दोः चालु आर्थिक वर्षभित्र मात्रै ५ सय ७१ वटा उजुरी दर्ता

काठमाडौं ।

बौद्धिक सम्पती संरक्षण तथा सुरक्षाका लागि उजुरी दिनेको संख्या बढ्दै गएको छ । कम्पनी तथा व्यक्तिहरू आफ्नो सिर्जना चोरी भएको भन्दै प्रतिलिपि अधिकार संरक्षणका लागि अदालतसँगै उद्योग विभागमा पुग्ने क्रम बढेको हो ।  उद्योग विभागका उपसचिव श्रीकृष्ण पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म विभागमा ५ सय ७१ वटा उजुरी दर्ता भएका छन् । उहाँले यही आर्थिक वर्षभित्र विगतका वर्षमा परेका उजुरीसमेत गरेर ७ सय ३४ वटा उजुरीमाथि निर्णय गरिएको बताउनु भयो ।  काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा विगत पाँच वर्षको तथ्यांक प्रश्तुत गर्दै उहाँले प्रतिलिपि अधिकारका लागि उजुरी दिनेको संख्या बढ्दै गएको बताउनुभएको हो ।

उहाँकाअनुसार आर्थिक वर्ष २०७७/७८ मा ३ सय ३४ वटा उजुरी दर्ता भएकामध्ये १ सय ७० वटामा निर्णय भएको थियो । आर्थिक वर्ष २०७९/८० मा ३ सय उजुरी परेकोमा १ सय ५३ वटा टुंग्याइएको पौडेलले जानकारी दिनुभयो । उहाँले आर्थिक वर्ष २०८०/८१ मा उजुरीको संख्या बढेर ५२४ पुगे पनि १११ वटामा मात्र निर्णय भएको बताउनु भयो । उहाँका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ३ सय ८६ वटा उजुरी दर्ता भएकोमा अघिल्ला वर्षका मुद्दासमेत गरी ४ सय ८३ वटामा फैसला गरिएको बताउनु भयो ।  उहाँले जनशक्तिको अभाव र प्रमाण जुटाउने कार्यले गर्दा उजुरीउपर फैसलामा ढिलाई हुने गरेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार