देशभर बदली र वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको शतर्कता | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

देशभर बदली र वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको शतर्कता

काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशभरको मौसममा साधारणतया बदली रहने देखिएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो र राति देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । आज दिउँसो पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । तराई क्षेत्रतर्फ कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा मधेस, वागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको अनुमान गरिएको छ । विशेषगरी कोशी, वागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, आज राति पनि देशभरको मौसम साधारणतया बदली नै रहनेछ । हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेशसहित कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा मध्यम वर्षा हुने देखिएको छ । साथै, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भाग तथा सुदूरपश्चिमको तराईका थोरै स्थानमा समेत वर्षाको सम्भावना छ । रातिको समयमा मधेस, कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक शतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।

 

Leave a Reply