देशभर वर्षा र हिमपातको सम्भावनाः कोशी, मधेस र वागमतीमा भारी वर्षाको शतर्कता | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८३, बुधवार

देशभर वर्षा र हिमपातको सम्भावनाः कोशी, मधेस र वागमतीमा भारी वर्षाको शतर्कता

काठमाडौं ।

देशभरको मौसममा उल्लेख्य बदलाव आएसँगै विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशभरको मौसम साधारणतया बदली रहनेछ । आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेशका साथै कोशी, गण्डकी, वागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण गरिएको छ । विशेषगरी मधेश प्रदेश, कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । साथै, मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । रातिको समयमा पनि देशभर मौसम अधिकांश बदली रहने पूर्वानुमान छ । कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना छ । यसैगरी, मधेस, कोशी, गण्डकी, वागमती र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा वर्षा हुने देखिएको छ । कोशी प्रदेशको पहाडी र तराई भू–भागका थोरै स्थान तथा मधेस, वागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

ताजा समाचार