पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउने बताउनुभएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले उक्त कुरा स्पष्ट पार्नुभएको हो । अर्थमन्त्री वाग्लेले सरकारले पूर्वाधारको क्षेत्रमा उक्त ऋण लगानी गरेको र त्यसले आर्थिक गतिविधिलाई चलायमान बनाउने दाबी समेत गर्नुभयो । बैठकमा सांसदहरुले वैदेशिक ऋण अनुपादक क्षेत्रमा नलगाउन सरकारलाई सचेत गराएका थिए । अर्थमन्त्री वाग्लेले सरकार उक्त कुरामा सचेत रहेको बताउनु भयो । अर्थमन्त्री वाग्लेले सरकारले पछिल्लो समय वैदेशिक लगानी बिना पनि विभिन्न आयोजनाहरुको कामलाई अघि बढाउने आँट गरेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो,‘विदेशी ऋण निश्चित आयोजनाका लागि नै आउँछ । निश्चित आयोजनाहरु मूलत पूर्वाधारमा नै छन् । पूर्वाधारहरुले अर्थतन्त्रको गतिविधिलाई चुस्त बनाउने, प्रभावकारी बनाउने, दुरी छोटयाउने, लागत घटाउने काम गर्दछ । तर यो भन्दैमा सधै यस्तो नदेखिने पनि गरेको छ । ऋण लिएर बनाइएको २/२ वटा एयरपोर्टको हालत कुन पृष्ठभूमिमा कसले कसरी, किन ? ती आयोजनाहरु लिए भन्नेबारेमा हामीले गर्नुपर्ने नै हुन्छ । त्यसैले हामीले निगरानी गर्नु पर्ने नै हुन्छ । ऋण लिएर पूर्वाधारमा नै खर्च गर्ने हामीले सोचिराखेका छौँ । र नेपाल भित्रै उठाउने आन्तरिक ऋण पनि हामीले नेपाल सरकारको नै खर्चमा हुने जलविद्युत आयोजनाहरु होलान्, पूर्वपश्चिम राजमार्गहरु होलान् । पहिला पहिला हामी यति ठूला आयोजनाहरु आँटननै सक्ने थिएनौ । वैदेशिक अनुदान नै बन्थे । पृथ्वी राजमार्ग चिनियाँ अनुदानमा बनेको हो । महेन्द्र राजमार्ग ६०÷७० प्रतिशत भारतीय अनुदानमा बन्यो । खण्ड, खण्ड बेलायती सरकार, अमेरिकी सरकार, रुसी सरकारको अनुदानमा बनेको हामीलाई थाहा छ । उद्योग विशेष पनि वैदेशिक अनुदानमानै बनेका हुन । अहिले पछिल्लो समय हाम्रो विप्रेशन आउन थालेपछि अलि सुदृढ भएपछि नेपालले आफनै खर्चमा पनि ठूला पूर्वाधारहरु आँटेको हो । तामाकोशी जलविद्युत आयोजना भन्नुस, मध्य पहाडी राजमार्ग भन्नुस । पश्चिमतिरका केही सिंचाई आयोजनाहरु भन्नुस । वैदेशिक संलग्नता नखोजी नेपाल आफैँले गरेको पनि हो । तर मूलतः ऋण हामीले उत्पादनमूलक क्षेत्रमा नै लगाएका छौँ ।’
अर्थमन्त्री वाग्लेले वैदेशिक ऋण अनावश्यक क्षेत्रमा लगानी नगर्नका लागि सरकारलाई सचेत गराउन पनि सांसदहरुलाई आग्रह गर्नुभयो ।

Leave a Reply

ताजा समाचार