काठमाडौँ ।
देशका विभिन्न प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आज मौसम साधारणतया बदली रहनेछ । दिउँसोको मौसम सम्बन्धी विवरणअनुसार कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै, मधेस प्रदेशसहित कोशी, वागमती र गण्डकी प्रदेशका तराई भू–भाग तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने तापक्रम वृद्धि भई ‘तातो दिन’ हुने सम्भावना छ । रातिको समयमा कोशी, वागमती र गण्डकी प्रदेशमा मौसम साधारणतया बदली रहनेछ । यी प्रदेशका थोरै स्थानहरूका साथै मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने विभागले उल्लेख गरेको छ ।




