साउन २०, काठमाण्डौँ । कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जनाए अनुसार परीक्षामा नियमित तर्फ ७९ दशमलव ४४ प्रतिशत र आशिंक तर्फ ४३ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । वैशाखमा सञ्चालित विज्ञान संकायको परीक्षामा ५० हजार परीक्षार्थी सहभागी थिए ।
बोर्डका अनुसार नियमिततर्फ ४४ हजार ८ सय ९७ परीक्षार्थीमध्ये ३५ हजार ६ सय ८८ उतिर्ण भएका छन् । १७ जना निश्काष्शित भएका छन् । त्यस्तै आंशिकतर्फ सहभागी ९ हजार ४ सय ८९ मध्ये ४ हजार १ सय ३७ जना उत्तीर्ण भएका छन् । आंशिकमा तीन जना विद्यार्थी निश्काष्शित भएका छन् ।
बोर्डले जनाए अनुसार अरु संकायको परीक्षाफल भदौ मसान्त भित्र सार्वजनिक गर्ने तयारी रहेको छ ।