विपक्षीहरूले चुनाव विथाेल्ने प्रयास गरेकाे अध्यक्ष ओलीकाे आराेप, एमाले बहुमत ल्याउने दाबी | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

विपक्षीहरूले चुनाव विथाेल्ने प्रयास गरेकाे अध्यक्ष ओलीकाे आराेप, एमाले बहुमत ल्याउने दाबी

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।  चुनाव स्थगित गर्न अझै पनि विभिन्न प्रयासहरू भइरहेको दाबी गर्दै उहाँले एमाले भने कुनै अल्मलमा नपरी चुनाव जित्ने तयारीमा लागिसकेको स्पष्ट पार्नुभएको हो ।

अध्यक्ष ओलीले निर्वाचनको तयारीमा राज्य र उम्मेदवारहरूको ठूलो धनराशि खर्च भइसकेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले विगत ६ महिनासम्म आफूहरूले कोशिस गर्दा कसैले चासो नदिएको तर अहिले अन्तिम समयमा आएर चुनाव हुँदैन भन्नु गलत भएको बताउनुभयो ।

निर्वाचन स्थगित हुने हल्ला चले पनि एमाले नअल्मलिईकन अगाडि बढ्ने र चुनाव जित्नैपर्ने उहाँको भनाइ छ । अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै कुनै आधार नभएको ‘जोडजामवाला पार्टी’ सानो भाँडोमा चर्को आगो बालेर उमालेको दुधजस्तै उम्लिएको टिप्पणी गर्नुभयो ।

विपक्षीहरूले अत्तालिएर वातावरण बिथोल्न खोजेको आरोप लगाउँदै ओलीले जस्तोसुकै परिस्थिति आए पनि एमाले निर्वाचनको तयारीबाट पछि नहट्ने र विजय हासिल गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।

Leave a Reply