एमाले अध्यक्ष ओलीले जनयुद्ध स्विकार गरेको प्रचण्डको दाबी | ईमाउण्टेन समाचार

Our Network

पुष १६ २०८१, मंगलबार

एमाले अध्यक्ष ओलीले जनयुद्ध स्विकार गरेको प्रचण्डको दाबी

parchanda

काठमाडौं, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले जनयुद्ध स्विकार गरेको दावी गरेका छन्।

अध्यक्ष दाहालले जनयुद्ध दिवसकै अवसर पारेर एमालेसँगको पार्टी एकतालाई निष्कर्षमा पुर्याउने प्रयास भईरहेको स्पष्ट पारेका छन्।

२३ औं जनयुद्ध दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले माओवादी जनयुद्धले मुलुकको सामाजिक तथा राजनीतिक जागरणमा महत्वपूर्ण योगदान दिएको सच्याईलाई एमाले अध्यक्ष ओलीले स्विकार गरेको खुलासा गरे।

उनले सिंगैं मुलुकलाई एकतावद्ध गरेर शक्तिशाली कम्युनिष्ट केन्द्र स्थापना गर्ने अभियानमा आउन मोहन बैद्य, नेत्रविक्रम चन्दलगायतका कम्युनिष्ट क्रान्तिकारीहरुलाई आह्वान पनि गरेका छन् ।

अध्यक्ष प्रचण्डले क्रान्तिलाई बैद्य तथा चन्दहरुले रहर र लहडको विषय बनाएको उल्लेख गर्दै त्यसले गम्भीर दुर्घटना निम्त्याउने चेतावनी समेत दिएका छन् ।

अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनकै बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र अब समाजवाद निर्माण गर्ने अभियान सुरु गर्न एमालेसँग पार्टी एकीकरण हुन लागेको स्पष्ट पारे । उनले जनयुद्धको नेतृत्व गर्दा आफूले ठूल्ठूला साहसिक निर्णय लिएको स्मरण गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);