प्रदेश नम्बर २ मा फोरम र राजपाद्वारा सरकार गठनको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रदेश नम्बर २ मा फोरम र राजपाद्वारा सरकार गठनको तयारी

जनकपुर, १ फाल्गुन । प्रदेश नम्बर २ मा मधेसी गठबन्धनमा आवद्ध दुई दलले सरकार गठनको तयारी सुरु गरेका छन् । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले संयुक्त रुपमा सरकार गठनका लागि पहल सुरु गरेका हुन् ।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले मुख्यमन्त्रीका लागि बहुमत जुटाएर आउन राजनीतिक दलहरुलाई आव्हान गरेसँगै दुई दल सरकार बनाउने पहलमा लागेका हुन् । संघीय समाजवादी फोरम नेपालका दुई नम्बर प्रदेशका संसदीय दलका नेता लालबाबु राउतले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकार गठन गर्ने बताए ।

राजपा नेपालका नेता मनिषकुमार सुमनले पूर्व सहमति अनुसार नै २-३ दिन भित्रै सरकार गठन हुने बताए । प्रदेशसभामा कुनै पनि पार्टीको बहुमत नरहेकाले दुई दलले मुख्यमन्त्री संघीय समाजवादी फोरम नेपाललाई र सभामुख राजपालाई दिने गरि यसअघि नै सहमति गरिसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);