चलचित्र विकास बोर्डलाई कार्यकारी अधिकारसहित स्वायत्तता दिइन्छ : सञ्चारमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

चलचित्र विकास बोर्डलाई कार्यकारी अधिकारसहित स्वायत्तता दिइन्छ : सञ्चारमन्त्री

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डका पदाधिकारीको कार्यावधि जति धेरै राख्यो त्यति नै प्रभावकारी काम गर्न सकिने बताउनुभएको छ । विधायन व्यवस्थापन समितिको बैठकमा चलचित्र विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खरेलले यस्तो बताउनुभएको हो ।

उहाँले बोर्डका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनाएर प्रक्रिया अघि बढाउँदा निष्पक्षता कायम हुने भन्दै उक्त व्यवस्था राख्ने प्रस्ताव गर्नुभयो । उहाँले चलचित्र विकास बोर्डका अध्यक्षलाई आर्थिक तथा प्रशासनिक रूपमा कार्यकारी अधिकारसहित जिम्मेवारी दिने व्यवस्था विधेयकमा राखिएको भन्दै बोर्डलाई प्रदान गरिने स्वायत्ततामा कुनै समस्या नरेहको बताउनुभयो ।

उहाँले विधेयकमा चलचित्रसम्बन्धी विधा र क्षेत्र स्पष्ट रूपमा विधेयकमा समेट्न सकेमात्र चलचित्र उद्योगलाई थप व्यवसायिक बनाउन सकिने बताउनुभयो । उहाँले कलाकारिता बहुआयामिक क्षेत्र भएको भन्दै विधेयकमा कलाकारिताको सट्टा चलचित्र कलाकारिता राखेर जानुपर्ने प्रश्ताव पनि गर्नुभयो।

बैठकमा बोल्ने अधिकांश सांसदहरुले चलचित्र उद्योगलाई समाज र मुलुकको प्रतिनिधित्व गराउने गरी विधेयकलाई समृद्ध बनाउनुपर्ने धारणा राख्नुभयो ।

Leave a Reply