जनकपुरधाम । मधेस सरकारको मन्त्रिपरिषदले पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक विस्तार गरेसँगै १२ सदस्यीय मधेस सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
सरकार गठन भएको लगभग एक महिनापछि मुख्यमन्त्री कृष्ण यादवले ६ जना मन्त्रीलाई सामेल गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिनुभयो । नवनियुक्त मन्त्रीहरुले बुधबार शपथ ग्रहण गर्नुभएको छ ।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो । मनिष सुमनले श्रम तथा यातायात मन्त्री, राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास मन्त्री, शंकरप्रसाद चौधरीले वन तथा वातावरण मन्त्री, श्यामप्रसाद पटेलले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याणमन्त्री र फकिरा महतोले गृह सञ्चार तथा कानून मन्त्रीको शपथ ग्रहण गर्नुभयो ।





