पाँच महिनापछि प्रदेश-२ को मन्त्रिपरिषदले पूर्णता पायो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पाँच महिनापछि प्रदेश-२ को मन्त्रिपरिषदले पूर्णता पायो

जनकपुरधाम, ९ साउन । प्रदेश २ को मन्त्रीपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री लालबाबु राउतले ३ जना राज्य मन्त्री थप गरेसँगै मन्त्रीपरिषद्ले पूर्णता पाएको हो ।

मुख्य मन्त्री राउतले उद्योग पर्यटन तथा वन राज्यमन्त्रीमा सुरेश मण्डल, भौतिक पूर्वाधार राज्यमन्त्रीमा डिम्पल झा र सामाजिक विकास राज्यमन्त्रीमा अभिराम शर्मालाई नियुक्त गरेका छन् ।

नवनियुक्त राज्यमन्त्रीलाई मुख्य मन्त्री राउतले सपथ खुवाए । प्रदेश सरकार गठन भएको ५ महिनापछि मन्त्रीपरिषदले पूर्णता पाएको हो । प्रदेश दुईको मन्त्रीपरिषद १३ सदस्यीय भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);