नेपाली कम्युनिष्ट पार्टीकाे एकता राष्ट्रिय भेला | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

नेपाली कम्युनिष्ट पार्टीकाे एकता राष्ट्रिय भेला

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन शुरु भएको छ । पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा एकीकृत भएका १० वटा कम्युनिष्ट पार्टीहरुको बुधबार काठमाडौंमा सम्मेलन शुरु भएको हो ।

सम्मेलनमा पार्टीका शीर्ष नेताहरु दाहाल, माधवकुमार नेपालसहित सबै घटकका नेताहरुले संयुक्त रुपमा रिमोर्ट थिचेर सम्मेलनको औपचारिक शुरुवात गर्नुभयाे। सम्मेलनलाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता वर्षमान पुनले जानकारी दिनुभयो ।

सम्मेलनमा पार्टीको विधान, केन्द्रीय कमिटी तय गर्ने र निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णय लिने एजेण्डा तय गरिएको छ ।

Leave a Reply