पछिल्लाे २० वर्षमा धेरै कुरा बद्लियो तर राजनीतिक दलको नेतृत्व बद्लिएन : महासचिव भुसाल | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

पछिल्लाे २० वर्षमा धेरै कुरा बद्लियो तर राजनीतिक दलको नेतृत्व बद्लिएन : महासचिव भुसाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पछिल्ला २० वर्षमा नेपालमा धेरै कुरा बदलिएपनि राजनीतिक दलको नेतृत्व भने बदलिन नसकेको बताउनुभएको छ । काठमाडौंमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी संविधान, राज्य व्यवस्था, बसाईँसराई, आर्थिक गतिविधि, बजारको विस्तार लगायतका धेरै गतिविधिले समाज नयाँ हिसाबले पुनःगठित भएको बताउनुभयाे ।

प्रविधि, यसको विकास र यसले समाजमा पारेको प्रभाव, मनोविज्ञानले धेरै कुरा बदलिएपनि पुराना पार्टीहरुको नेतृत्व भने बदलिन नसकेको उहाँकाे भनाइ छ। उहाँले संसद विघटन गर्दा पनि केपी ओली एमाले अध्यक्ष भइरहने, पार्टी सकिएर जाँदा पनि पुष्पकमल दाहाल माओवादी केन्द्रको अध्यक्ष भईरहने प्रवृत्ति हट्न नसकेको बताउनुभयो ।

उहाँले सुशासनको कुरा गर्ने तर भ्रष्टाचार मुद्दा लागेपछि पनि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी अध्यक्ष छाेड्न नचाहेको दाबी गर्नुभयाे । उहाँले राजनीतिक पार्टी र त्यसको नेतृत्व सुधार नभएसम्म राज्य संयन्त्रन सुध्रिन नसक्ने जिकिर गर्नुभयाे ।

Leave a Reply

ताजा समाचार