नेपालमा कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं, १४ जेठ । नेपालमा कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । दुई ठूला कम्युनिष्ट पार्टी एकीकरण भएको अवसर पारेर नेपालमा ‘माक्र्सवाद र समाजवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको हो ।

कालमाक्र्सको द्धिसतवार्षिकीको अवसर पारेर यही जेठ १६ र १७ आयोजना हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री एवम् नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

सम्मेलनमा विश्वका ठूला कम्युनिष्ट पार्टीका नेताहरु सहभागी हुने नेकपा कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवम् सम्मेलन आयोजक समितिका संयोजक माधवकुमार नेपालले जानकारी दिए ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले दुई कम्युनिष्ट पार्टी एकीकरण भएकै अवसर पारेर नेपालमा कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको स्पष्ट पारे ।

सम्मेलनले विश्व कम्युनिष्ट आन्दोलनको विगतबाट पाठ सिकेर अघि बढ्ने ठोस अवधारणा तय गर्ने विश्वास व्यक्त गरिएको छ ।

सम्मेलनमा नेपालसहित ११ देशका कम्युनिष्ट, श्रमिक तथा समाजवादी पार्टीहरुको सहभागिता रहनेछ । सम्मेलनमा नेपालको तर्फबाट नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले ‘नेपालको कम्युनिष्ट आन्दोलन र क्रान्तिकारी प्रक्रिया’का बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यसैगरी पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले ‘आजको माक्र्सवाद र समाजवाद’ विषयक कार्यपत्र प्रस्तुत गर्ने वरिष्ठ नेता नेपालले जानकारी दिए । मुलुकलाई समृद्ध बनाउने यात्रालाई सुनिश्चित गर्न पनि अन्तर्राष्ट्रिय कम्युुनिष्ट पार्टीको सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);