काठमाडौं, २५ माघ । साताको अन्तिम दिन बिहीबार सेयर बजार ९.१ अंकले बढेको छ । बजार बढे पनि करोबारमा भने सुधार आएन ।
बिहीबार १ सय ५२ वटा कम्पनीको सेयर किनबेच हुँदा २६ करोड ८५ लाख रुपैयाँको मात्र कारोबार भएको छ । आज व्यापार र फाइनान्सका उपसूचकबाहेक सबै उपसूचक उकालो लागेका छन् । ट्रेडिङको उपसूचक शुन्य दशमलव ४ प्रतिशत र फाइनान्सको उपसूचक शुन्य दशमलव २ प्रतिशतले घटेको हो ।