सेयर बजार दोहोरो अ‍ंकले ओरालाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सेयर बजार दोहोरो अ‍ंकले ओरालाे

काठमाडौं। साताको पहिलो काराेबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकले ओरालाे लागेकाे छ । आइतबार सेयर बजार ०.५६ प्रतिशतले ओरालाे लागेकाे हाे । गत साताकाे अन्तिम कारोबार दिन बिहीबार १.२३ प्रतिशतले घटेको सेयर बजार आइतबार १०.५४ अंकले घटेर १८८३.१६ विन्दुमा रोकिएकाे छ।
आइतबार जम्मा १८५ कम्पनीहरुको कारोबार भएको छ। जसमा ४४ कम्पनीमा वृद्धि भएको र १३१ कम्पनीमा ओरालो लाग्दा १० कम्पनी स्थिर रहेको छ ।  २० लाख २८ हजार बढी कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४९ लाख ११ हजार बढीको कारोबार भएको छ । होटल तथा पर्यटनबाहेक सबै उपसूचक ओरालाे लागेकाे छ । होटल तथा पर्यटन उपसूचक ०.६० प्रतिशतले वृद्धि भएको छ ।  हाइड्रोपावर, व्यापार र लघुवित्त उपसूचक भने १ प्रतिशतभन्दा बढीले घटेकाे छ। नेप्से लगातार घट्दै जाँदा कारोबार रकम पनि घटेको छ। शिभम् सिमेन्टको १० करोड ३९ लाख ९६ हजार ३९ रुपैयाँ र निर्धन उत्थान लघुत्ति वित्तिय संस्थाको २ करोड ४० लाख ५२ हजार ३३९ रुपैयाँको कारोबार भएको जनाएको छ।

लक्ष्मी इक्विटी फण्ड ७.९० प्रतिशत, लक्ष्मी उन्नती कोष ३.७७ प्रतिशत र मन्दाकिनी हाइड्रोपावर ३.७४ प्रतिशतले बढेको छ।

यसैबीच, आइतबारदेखि नेप्सेको नयाँ वेबसाइट संचालनमा आएको हो । हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिँदै आएको नेप्सेको नयाँ वेबसाइट आजबाट पूर्ण रुपमा संचालनमा आएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);