डिजिटल प्लेटफर्ममा देखिएका समस्या समाधानमा समयमै ध्यानु दिनु आवश्यक : सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

डिजिटल प्लेटफर्ममा देखिएका समस्या समाधानमा समयमै ध्यानु दिनु आवश्यक : सभापति देउवा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस सदैव नवप्रवर्तन र प्रविधिमार्फत् सामाजिक रुपान्तरण गर्नुपर्ने पक्षमा रहेको बताउनुभएको छ । नेपाली काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा बिहीबार सानेपामा आयोजितत कार्यक्रममा उहाँले यस्तो बताउनुएको हो ।

काँग्रेसले डिजिटल प्लेटफर्मलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गन, प्रविधिमा पहुँच पुर्याइ विशेष गरी युवा विद्यार्थी, उद्यमी, किसान, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सिर्जनशीलता प्रवर्द्धन गर्न उपयोग गर्ने बतातउनुभयो ।

जनतालाई केन्द्रमा राखेर उपलब्धि केन्द्रित प्रविधि निति बनाउने पक्षमा नेपाली काँग्रेस रहेको उहाँको भनाइ छ । उहाँले प्रविधीमैत्री, नवप्रवर्द्धनशील र डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको पनि बताउनुभयो । डिजिटल प्लेटफर्मले कामलाई सहजता, तिब्रता र स्रोतमा पहुँचमा पुर्याएको उहाँको भनाइ छ ।

यसको सकरात्मक पक्ष हुँदाहुँदै पनि कतिपय कुराहरुमा यसको नकरात्मक असर पनि पुर्याएको उहाँले बताउनुभयो । डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याको समाधानका लागि सरकार र सरोकारवाला निकायहरुले समयमा नै ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले नेपाली काँग्रेसको नेतृत्वको सरकारको अग्रसरतामा जारी भएको दूरसञ्चारसम्बन्धी निति, ऐन र नियमहरुले आज नेपालका टाढाका बस्तीहरु र सबै नागरिकहरुलाई प्रविधिको पहुँचमा ल्याएको बताउनुभयो । तर पनि प्रविधिका क्षेत्रहरुमा अझै धेरै कामहरु गर्न बाँकी रहेको उहाँको भनाइ छ ।

Leave a Reply