२०८२,१,९
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको पक्षमा राम्रा काम गर्नेहरुलाई घेराबन्दी गरिएको दावी गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थापना दिवसका अवसरमा मंगलवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राम्रो गर्न खोज्दा आफू घेराबन्दीमा परेको बताउनुु भएको छ । उहाँले गाली खानका लागि कुनै पनि गल्ती गर्नु नपर्ने बताउँदै समाज विगार्ने, अपराधीहरू, राष्ट्रलाई नोक्सान गर्न खोज्नेहरूले राष्ट्रका लागि राम्रो गर्न खोज्नेहरूलाई सबैभन्दा चर्को घेराबन्दी गरेका र यसमा धेरै शक्तिहरु प्रयोग भइरहेका बताउनéयो । उहाँले उक्त काममा एमालेकै नेताहरूले पनि साथ दिएको उहाँको भनाई छ ।




