कमल न्यौपाने,४ असार भक्तपुरको इतापाकोमा रहेको यती कार्पेट उद्योगमा गए रातिदेखि आगलागी भएको छ । राति साढे ११ बजेदेखि लागेको आगो रातभरिको प्रयासमा पनि नियन्त्रणमा आउन सकेको छैन । कार्पेट उद्योग नजिकै रहेको बिजुलीको ट्रान्सर्फमर पड्केर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीको कारण तयारी कार्पेट, कच्चापदार्थ, र मेसिनहरु जलेर नष्ट भएका छन् । आगो निभाउन रातिदेखि नै आठवटा दमकलले प्रयास गरिरहेका छन् ।
ताजा समाचार
मोतिबिन्दुुको अप्रेसन शिविर आजदेखि
२२ मिनेट अघि
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
५४ मिनेट अघि
प्रतितोला २२ सयले घट्यो सुनको मूल्य
२ घन्टा अघि
देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाए
२ घन्टा अघि