सरकारले दिने ‘स्टार्टअप उद्यम कर्जा’का निम्ति करिब साढे १६ सय जनाको आवेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

सरकारले दिने ‘स्टार्टअप उद्यम कर्जा’का निम्ति करिब साढे १६ सय जनाको आवेदन

फागुन २८,सरकारले दिने ‘स्टार्टअप उद्यम कर्जा’का निम्ति करिब साढे १६ सय जनाको आवेदन परेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गएको माघ १९ गते कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न गरेको आह्वानमा साढे १६ सय जनाको आवेदन परेको हो ।

तोकिएको २१ दिनको समयमा करिब एक हजार ६५८ प्रस्ताव पेस भएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ ।

यीमध्ये छनोटमा परेका उद्यमीले तीन प्रतिशत ब्याजदरमा पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्ने छन् । सरकारलाई उक्त कर्जाको भुक्तानी दुई वर्षपछि गर्नुपर्नेछ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको े प्रतिष्ठानले आवेदन परेका मध्ये करिब १०० देखि १५० कम्पनी
वा उद्यमीले कर्जा पाउन सक्ने जनाएको छ ।

प्रतिष्ठानले अब चुक्ता पुँजी तोकिएभन्दा बढी भएकालगायत मापदण्डबाहिरका कम्पनी छानेर हटाउनेछ । त्यसरी पहिलो चरणको ‘सर्टलिस्ट’ गरिन्छ

। थप विषय हेरेर दोस्रो चरणको सर्टलिस्ट पनि गरिने योजना छ । दोस्रो चरणको सर्टलिस्टमा परेका उद्यमीलाई परियोजनाको प्रस्तुतिकरणका निम्ति बोलाइनेछ । मूल्यांकन समितिले प्रस्तुतिकरण र परियोजनाको मूल्यांकन गर्नेछ ।

त्यसपछि छनोटको सम्भावना भएको कम्पनी कालोसूचीमा
रहे÷नहेको र अरू बैंकिङ प्रक्रिया हेरिनेछ ।

सबै विषय स्पष्ट भएपछि कर्जा प्राप्त गर्न सक्ने उद्यमी समितिले सिफारिस गर्नेछ सरकारले स्टार्टअप उद्यम कर्जाका निम्ति २५ करोड रुपैयाँ छुट्टयाइएको छ । त्यसको करिब २५ प्रतिशत रकम कर्जा सुरक्षण कोषका लागि छुट्टयाइने छ ।

बाँकी करिब १८ करोड रकम पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म मूल्यांकनानुसार कम्पनीहरूले प्राप्त गर्नेछन् ।०००

Leave a Reply