दश महिनामा के–के गरे दाहालले ? | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

दश महिनामा के–के गरे दाहालले ?

बालकृष्ण प्रसाद । जेठ, १७, काठमाडौं । विगत दश महिना अगाडि प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको सरकारले यसबीचमा केही उल्खेलनीय र सकारात्मक काम गरेको छ ।

दश महिनामा के–के गरे दाहालले ?

बालकृष्ण प्रसाद । जेठ, १७, काठमाडौं । विगत दश महिना अगाडि प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको सरकारले यसबीचमा केही उल्खेलनीय र सकारात्मक काम गरेको छ । प्रधानमन्त्री दाहालले पदबाट राजीनामा दिएसंगै उनको नेतृत्वको सरकारले गरेका सकारात्मक काम र उपलब्धीहरुको चर्चा परिचर्चा हुन थालेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आजभन्दा ठीक १० महिना अगाडि मुलुकको प्रधानमन्त्री पदको जिम्मेवारी लिनु भएको थियो । नेपाली काँग्रेस सहित अन्य केही साना  राजनीतिक दलहरुहरुको साझेदारीमा प्रधानमन्त्री बन्नु भएका दाहालले सत्ता साझेदारीको परिधिमा रहेर काम गर्नु भयो  ।

विभिन्न राजनीतिक राजनीतिक दलहरुसंगको सहकार्ययमा सरकार संचालन गर्नु आफैमा निकै चुनौतीपूर्ण कार्य हो । तथापि प्रधानमन्त्री दाहालले ती चुनौतीहरुलाई समन्वय गर्दै यसबीचमा विकास र सामाजिक सेवा प्रवाहको क्षेत्रमा उल्लेखनीय कार्यहरु सम्पादन गर्न सफल हुनु भएको छ । प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व लिएपछि लामो समयदेखि लोडसेडिङमा जीवन विताउन परेका काठमाडौवासीलाई ततकाल मशसुुस हुनेगरी लोडसेडिङ मुक्त पार्ने काम भयो । जसले गर्दा एउटा अन्ध्यारो युगको अन्त्य गरेर उज्यालो युगको सुरुवात गरेको छ ।

यसैगरी उपत्यका बाहिर पनि लोडसेडिङ कम गर्दै लैजाने काम पनि शुरु भएको छ । यसैगरी वर्षौंदेखि रोकिएको १ हजार ४०० किलोमिटरको हुलाकी राजमार्ग अहिले निर्माणको क्रममा रहेको छ । यो कार्यका लागि वर्तमान सरकारले ठोसपहल अगाडि बढाएको छ यसबाहेक महाकालीमा पुल बन्दैछ भने १४ वटा ठूला सडकहरुको निर्माण कार्य भैरहेको छ । यसैबीच केही दिन अगाडि मात्रै फास्ट ट्रयाक शिलान्यास भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा नेपालको आर्थिक बृद्धि दर ० दशमलब ७७ प्रतिशतमा रहेको थियो । तर, अहिले आर्थिक बृद्धिदर ७.५ प्रतिशत पुगेको छ ।

यसैगरी मूल्य वृद्धि नियन्त्रणको प्रयास जारी छ । यसलाई अर्थविदहरुले अर्थतन्त्रको सरकारात्मक संकेत भनी विश्लेषण गरेका छन । यो सरकारको पालमा स्थानीय तह अन्र्तगत पहिलो चरणको निर्वाचन सम्पन्न भैसकेको छ भने । दोस्रो चरणको निर्वाचन पनि छिटै गर्ने प्रयास भैरहेको छ । यसका लागि प्रधानमन्त्री दाहालको असन्तुष्ट पक्ष मधेश केन्द्रीत दलहरुहरुलाई निर्वाचनमा सहभागी गराउने पहल जारी छ । यो कामले संघीयताको प्रयोगमार्फत् सिंहदरबारको अधिकार गाउँ नगरमा पुराउने काममा ठोस योगदान पुगेको मानिन्छ ।

पछिल्लो समयमा प्रधानमन्त्री दाहालले देशका लागि गरेको कामको प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि सकारात्मक रुपमा लिएको छ । साथै प्रधानमन्त्री दाहालले पदबाट राजीनामा गर्न लाग्दा ततकाल राजीनामा नगर्न प्रमख प्रतिपक्षी नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा आलीले सुझाव दिनु भएको थियो । तर, प्रधानमन्त्री दाहालले सत्ता हस्तान्तरणको सहमतिअनुसार यसै साता राजीनामा दिइ सहमति कार्यान्वयनका लागि उदाहरणीय बन्न खोज्नु भएको छ  ।

Leave a Reply