महाधिवेशनको तयारीमा जुट्यो जसपा | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

महाधिवेशनको तयारीमा जुट्यो जसपा

काठमाडौं,१० फागुन । सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपाल जेठमा हुने पार्टीको महाधिवेशनको तयारीमा जुटेको छ ।

बिहीवार पार्टी केन्द्रिय काार्यलय बालकुमारीमा पार्टीको कार्यकारिणी बैठक बसेको हो । बैठकमा जेठ २८, २९ र ३० गते पार्टीको महाधिवेशनबारे छलफल भएको बताउनु भयो । उहाँले राजनीतिक समिति, केन्द्रिय समितिको बैठकले गरेका निर्णयहरुको कार्यान्वयनको बारेमा पनि समीक्षा हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रिय कार्यकारिणी बैठकमा जेठ २८, २९ र ३० गते पार्टीको जुन ऐतिहासिक महाधिवेशन हुँदैछ, त्यसको तयारीका बारेमा छलफल हुँदैछ । राजनीतिक समिति, केन्द्रिय समितिको बैठक एक महिनाअघि बसेको थियो । त्यसले गरेको निर्देशहरु कार्यान्वयन गर्ने, महाधिवेशनका लागि विभिन्न प्रतिवेदनहरुको मस्यौदा समितिहरु बनाउने, भौतिक तयारीका कार्यक्रम छन् ।’

उहाँले महाधिवेशनका लागि विभिन्न प्रतिवेदनहरुको मस्यौदा समितिहरु बनाउनेबारेमा पनि छलफल भएको बताउनु भयो ।

Leave a Reply