काठमाडौं, १६ पुस ||
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाएको दाबी गर्नुभएको छ । सोमवार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले प्रहरी संगठनलाई आफ्नो सिस्टमअनुसार काम गर्ने वातावरण आफूले बनाएको जिकिर गर्नुभएको हो । उपप्रधानमन्त्री श्रेष्ठले प्रहरी संगठनको सरुवा, बढुवामा हुने पैसाको चलखेललाई शुन्यमा झारिएको समेत बताउनु भयो । गृह मन्त्रालय वा प्रहरी संगठनका अधिकारीहरुले पैसाको चलखेल गरेर सरुवा, बढुवा गरेको सुन्न पाउने अवस्थाको आफूले अन्त्य गरेको उहाँको भनाई थियो । उपप्रधानमन्त्री श्रेष्ठले अवको ५० वर्षपछि छानविन गरेपनि आफ्नो कार्यकालमा प्रहरीको सरुवा, बढुवामा पैसाको चलखेल भएको नपाउने जिम्मेवारी पनि आफूले लिने बताउनु भयो । उपप्रधानमन्त्री श्रेष्ठले अहिले प्रहरी संगठनले विना राजनीतिक हस्तक्षेप काम गर्ने वातावरण बनेको बताउनु भयो ।
उपप्रधानमन्त्री श्रेष्ठको दाबीः प्रहरी संगठनभित्र सरुवा, बढुवामा पैसाको चेलखेल शुन्यमा झारियो
ताजा समाचार
रास्वपाले निर्वाचन बिथोल्न खोजेकाे एमालेकाे आरोप
३ घन्टा अघि
‘सुख्खा मौसम शुरु भएसँगै आगलागीका घटना बढ्दै’
८ घन्टा अघि




