स्पेनिस ला लिगामा बार्सिलोना र रियल मड्रिडको फराकिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

स्पेनिस ला लिगामा बार्सिलोना र रियल मड्रिडको फराकिलो जित

काठमाडौं, ८ माघ । लियोनल मेस्सी र लुइस स्वारेजले दुई \ दुई गोल गरेपछि बार्सिलोनाले गएराति भएको खेलमा रियल बेटिसविरुद्ध ५–० को फराकिलो जित दर्ता गरेको हो । बार्सिलोनाका लागि अर्को गोल राकिटिकले गरे ।

बार्सिलोनाले पाँचै गोल दोस्रो हाफमा गरेको हो । खेलमा गोलको खाता राकिटिकले खोलेका हुन् । राकिटिकले खेलको ५९ औं मिनेटमा गोल गरेकामा बार्सिलोनाले त्यसपछि गोलको वर्षा ग¥यो । ६४ औं मिनेटमा मेस्सीले अग्रता दोब्बर बनाए भने त्यसको पाँच मिनेटपछि स्वारेजले गोल थपे ।३–० ले अग्रता लिएको अवस्थामा मेस्सीले ७९ औं तथा स्वारेजले ८९ औं मिनेटमा एक एक गोल थपे । रियल बेटिसमाथिको जितसँगै बार्सिलोनाले २० खेलबाट ५४ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ११ अंकले अगाडि छ ।

गएराति नै भएको अर्को खेलमा रियल मड्रिडले पनि गोलको वर्षा गरेको छ । खराब प्रदर्शन गरिरहेको रियल मड्रिडले डेपोर्टिभो ला कोरुनामाथि ७–१ को जित दर्ता गरेको छ । रियल मड्रिडले एक गोलले पछि परेको अवस्था उल्ट्याएर ७–१ को जित दर्ता गरेको हो । रियलको जितमा क्रिस्टियानो रोनाल्डो, गारेथ बेल र नाचोले दुई \ दुई तथा मोड्रिकले एक गोल गरे ।खराब प्रदर्शनबाट गुज्रिरहेका रोनाल्डोले खेलको अन्तिममा ६ मिनेटको अन्तरमा दुई गोल गरेका हुन् ।

ला लिगाको जारी सिजनमा रोनाल्डाले आफ्नो नाममा गोल संख्या बल्ल ६ पु¥याएका छन् । रियल मड्रिडका लागि नाचोले ३२ औं मिनेटमा गोलको खाता खोल्नुपहिले डेपोर्टिभो ला कोरुनाले अग्रता लिएको थियो । उसका लागि २३ औं मिनेटमा एड्रियन लोपेजले गोल गरेका हुन् ।डेपोर्टिभो ला कोरुनामाथिको जितसँगै रियल मड्रिड चौंथो स्थानमा उक्लिएको छ । उसको १९ खेलबाट ३५ अंक छ ।