राइजिङ पुणे सुरपुजाइन्ट्सले कोलकत्ता नाइट राइडर्सलाई चार विकेटले हरायो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

राइजिङ पुणे सुरपुजाइन्ट्सले कोलकत्ता नाइट राइडर्सलाई चार विकेटले हरायो

इन्डियन प्रिमियर लिग क्रिकेटमा राइजिङ पुणे सुरपुजाइन्ट्सले कोलकत्ता नाइट राइडर्सलाई चार विकेटले हरायो, जितपछि पुणे अंकतालिकाको तेस्रो स्थानमा

राइजिङ पुणे सुरपुजाइन्ट्सले कोलकत्ता नाइट राइडर्सलाई चार विकेटले हरायो

कठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गतको खेलमा राइजिङ पुणे सुरपुजाइन्ट्स विजयी भएको छ ।

बुधबार राति इडेन गार्डेनमा भएको खेलमा पुणेले कोलकाता नाइट राइडर्सलाई चार विकेटले हराएको हो ।

कोलकाताले प्रस्तुत गरेको एक सय ५६ रनको लक्ष्य पुणेले चार बल बाँकी हुँदा ६ विकेटको क्षतिमा भेट्टायो ।

पुणेको जितमा राहुल त्रिपाठीले ९३ रन बनाए । यस्तै बेन स्टोक्सले १४ तथा अजिन्क्या राहनेले ११ रन बनाए ।

क्रिस वोक्सले ३ विकेट लिएपनि कोलकातालाई जिताउन भने सकेनन् । घरेलु मैदान इडन गार्डेनमा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५५ रन बनाएयो ।

कोलकाताका लागि मनिष पाण्डेले ३७ र कोलिन डी ग्रान्डोम्मेले ३६ रन बनाएका बनाए ।

जितसँगै पुने अंकतालिकाको तेश्रो स्थानमा उक्लिएको छ । उसको ११ खेलबाट १४ अंक भएको छ । दोस्रो स्थानको कोलकाताको पनि ११ खेलबाट १४ अंक नै छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);