दुई सय बढी बंगलादेशी पर्यटक विमान चार्टड गरेर आए नेपाल भ्रमणमा | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

दुई सय बढी बंगलादेशी पर्यटक विमान चार्टड गरेर आए नेपाल भ्रमणमा

काठमाडौं । दुई सय बढी बंगलादेशी पर्यटकहरु चार्टड जहाजबाट एकै पटक नेपाल भ्रमणका लागि आएका छन् ।

शुक्रवार २ सय बढी बंगलादेशीहरुको टोली नेपाल भ्रमणका लागि आएको हो । बंगलादेशी पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्यटन बोर्डका सदस्यहरुले स्वागत गरेका छन् । पर्यटकहरुलाई नेपाली पञ्चे बाजागाजासहित स्थानीय पहिचान झल्कने नाचगान प्रश्तुत गरेर स्वागत गरिएको हो ।

नेपालमा बंगलादेशबाट एकैचोटी यति धेरै पर्यटक आएको यो पहिलो पटक हो । शुक्रबार र शनिबार गरेर बंगलादेशबाट करिव सात सय पर्यटकहरु नेपाल आउने बताइएको छ । पर्यटकहरुको स्वागतका लागि विमानस्थल पुग्नुभएका नेपाल पर्यटन बोर्डका प्रवन्धक सूर्य थापाले बंगलादेशबाट बिदा मनाउन उििनहरु विमान चार्टर गरेर नेपाल आएका बताउनु भयो ।

बंगलादेशी पर्यटक शेख अजरफ उद्दिनले नेपाल घुम्नका लागि सही र राम्रो गन्तव्य भएको भन्दै स्वागत राम्रो पाएको र नेपाल घुम्न आतुर रहेको बताउनु भयो ।

पर्यटकको आवागमनले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);