भारतको उत्तरी भेगमा भारी वर्षा, २ सेना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

भारतको उत्तरी भेगमा भारी वर्षा, २ सेना बेपत्ता

एजेन्सी, २४ असार । भारतको उत्तरी तथा पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा राजस्थान, मध्य प्रदेशलगायत २३ राज्यमा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएको छ । यसैबीच, हिमाचलको लाहौल र स्पीतिमा बाढी र हिमपहिरोको चेतावनी जारी गरिएको छ । जम्मू–कश्मीरको पुन्छमा पोसना नदी पार गर्ने क्रममा दुई सेनाका जवानहरू बेपत्ता भएका छन्।

दिल्लीमा आइतबार पनि भारी वर्षा जारी छ। विगत २० वर्षको कीर्तिमान शनिबार तोडिएको छ । बिहान ८ः३० देखि बेलुका ५ः३० सम्म १२८ मिलिमिटर पानी परेको छ। सफदरजङ्ग क्षेत्रमा मात्रै १२६.१ मिलिमिटर वर्षा भएको छ ।

यसअघि सन् २००३ को जुलाईमा २४ घण्टामा १३३ दशमलव ४ मिलिमिटर वर्षा भएको थियो । अर्कोतर्फ, २१ जुलाई २०१३ मा दिल्लीमा १२३.४ मिमी वर्षा रेकर्ड गरिएको थियो। जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी ४ दिनसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

श्रीनगर र जम्मू बीचको राष्ट्रिय राजमार्ग ४४ मा पन्थ्याल सुरुङको मुखमा सडकको ठूलो भाग बगेपछि यातायात रोकिएको छ । श्रीनगर उपत्यकालाई देशसँग जोड्ने तीन मार्ग ल्ज्–द्धद्ध, मुगल रोड र लेह–लद्दाख रोडमा पहिरोका कारण यातायात बन्द भएको छ।

हाल सिन्थान रोड मात्र खुला छ। राष्ट्रिय राजमार्ग बन्द हुँदा उधमपुरमा सयौं सवारी साधन अलपत्र परेका छन् । यसैबीच, दक्षिण कश्मीरमा खराब मौसमका कारण अमरनाथ यात्रा लगातार तेस्रो दिन रोकिएको छ। जसका कारण ६ हजार अमरनाथ तीर्थयात्री रामबनमा फसेका छन् ।

Leave a Reply