हिउँदे वर्षा औसतभन्दा बढीः आज केही ठाउँमा भारी वर्षा हुने | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

हिउँदे वर्षा औसतभन्दा बढीः आज केही ठाउँमा भारी वर्षा हुने

barsha

काठमाडौं, २५ माघ । यस वर्ष हिउँदे वर्षा औसत भन्दा बढी भएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको कारण यस वर्ष हिउँदे वर्षा काठमाडौँ लगायत अधिकांश ठाउँमा अघिल्ला केही वर्षभन्दा बढी भएको जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

जनवरी महिनामा काठमाडौँमा हुने १४ दशमलव ४ मिलिमिटरसम्मको वर्षालाई औषत वर्षा मानिएको छ । तर यस वर्ष जनवरीमा मात्रै १९ दशमलव ४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव आज पनि देशभर पर्नेछ । आज राति पनि केही पहाडी भूभागमा भारी वर्षाको सम्भावना देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);