बिहानैदेखि वर्षा तथा हावाहुरी भएकाले थप सतर्कता अपनाउन मौसमविद्को आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बिहानैदेखि वर्षा तथा हावाहुरी भएकाले थप सतर्कता अपनाउन मौसमविद्को आग्रह

barsha

काठमाडौं, २७ असार । देशका अधिकांश स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ ।

कतिपय स्थानमा आज भारी वर्षा हुनसक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मनसुनी न्यूनचापीय रेखा र मध्य तथा पूर्वी भागमा बनेको न्यूनचापीय क्षेत्रका कारण केही भूभागमा ठूलो वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । अहिले पनि देशभर लगातार मनसुनी वर्षा भइरहेको छ । आज देशैभर बदली भई ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका पश्चिमी भूभागका केही ठाउँ, मध्य र पूर्वका धेरै ठाउँमा वर्षा हुने र केही स्थानमा अति ठूलो वर्षा हुने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । आज राति पनि पूर्ण बदलीको सम्भावना रहेकाले पानी पर्न नरोकिने महाशाखाले जनाएको छ । यस्तै, पानीसँगै हावाहुरी पनि चल्ने भएकाले थप सतर्कता अपनाउन मौसमविद्हरुको आग्रह छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);