भोजपुर भिडन्तः ‘बोले फसिन्छ, बरु नबोलेकै बेस’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भोजपुर भिडन्तः ‘बोले फसिन्छ, बरु नबोलेकै बेस’

Bhojpur_Bhidanta

काठमाडौं, २७ असार । बुधबार बिहान आँखा उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङ कार्यालय जाने तयारीमा थिए । त्यहीबेला उनले गोली पड्केको आवाज सुने । त्यसलगत्तै अलि पर सडकमा मान्छे ढलिरहेको देखियो । सो घटनाका कारण उनको घरका सबैजना त्राहिमा देखिए ।

त्यसैबेला गोलीको अर्को आवाज सनियो । त्यसबारे विजय अझै खुलेर बताउन सक्दैनन् । उनी मात्र होइन, भोजपुर बजारवासी कोही पनि खुला ठाउँमा सुने/देखेका कुरा गर्दैनन्/गर्न चाहँदैनन् ।

प्र्रतिबन्धित नेकपा (विप्लव समूह) का कार्यकर्ता र प्रहरीबीच बुधबार भएको मुठभेडपछि सदरमुकाममा छाएको सन्नाटा कायमै छ ।

कसैले केही कुरा गर्न खोज्यो भने सदरमुकामवासी केही थाहा नभएको भन्दै तर्किन्छन् । ‘को विप्लव, को प्रहरी, चिन्न सकिँदैन,’ विजय भन्छन्, ‘बेकारमा फसिन्छ । बरु त्यो घटनाबारे नबोल्नु नै बेस ।’ यो समाचार आजको नागरिक दैनिकमा एक्सन राईले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);