काठमाडौं, १५ असार । रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थनेश्वर घिमिरेको घरमा विस्फोटक पर्दाथ राख्नेमा उनकै चालक रहेको खुलासा भएको छ ।
चालकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरज लोहार, अब्दुल हाकिम खाँन र सुरज थारु रहेका छन् । प्रहरीका अनुसार अध्यक्षको घरको बारेमा सबै जानकारी चालकले नै दिने गर्दथे ।
चालकको परिवारसँग घिमिरेको परिवारको बाबुबाजेदेखि सम्बन्ध हो । उनीहरुले राखेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो ।
एकै दिन सिटी हस्पिटल पछाडीपनि प्रेसर कुकर बम विस्फोट भएको थियो । यी सबै घटनामा ३ जना सम्लग्न रहेको प्रहरीले बताएको छ ।
चालकसहितको टोलीले फिरौती रकम माग गर्ने उद्देश्यले विस्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ ।




