काठमाडौं, १५ असार । आज राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक साढे २ बजे बोलाइएको हो ।
आजको बैठकमा सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० को सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन् भने अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी, विधायन व्यवस्था समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ भने भने त्यसलाई पारित गरियोस् भन्ने प्रस्ताव शिक्षामन्त्री अशोक राईले पेश गर्ने छन् ।





