सातै प्रदेशका मुख्यमन्त्री आज पोखरामा भेला हुँदैं | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

सातै प्रदेशका मुख्यमन्त्री आज पोखरामा भेला हुँदैं

काठमाडौं, १५ असार । सातै प्रदेशका मुख्यमन्त्री आज पोखरामा भेला हुँदैछन् । गण्डकी प्रदेशको अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला हुन लागेका हुन् । भेलामा प्रदेशले पाउनुपर्ने अधिकार, एकीकृत विकास मोडललगायत विषयमा अनुभव आदानप्रदान र छलफल हुनेछ ।

मुख्यमन्त्रीहरूको भेलामा प्रदेश सरकारका समस्या सुन्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि आज पोखरा जानुहुने छ । २ दिने मुख्यमन्त्री सम्मेलनको उदघाटन सत्रमा सहभागि हुन प्रधानमन्त्री दाहाल आज बिहान ११ बजे पोखरा पुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डको व्यस्तताका कारण जेठ १० गर्ने तय भएपनि स्थगित भएको सम्मेलन आज सुरुहुने भएको हो । मुख्यमन्त्रीहरूको भेला हुन लागेको यो दोस्रोपटक हो । पहिलो पटक २०७५ साल भदौ २१ र २२ गते गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पहलमा भएको भेलाले आठ बुँदे घोषणापत्र जारी गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);