रौतहटस्थित मठिया प्रहरी चौकीमा भारतीयद्वारा बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रौतहटस्थित मठिया प्रहरी चौकीमा भारतीयद्वारा बम विस्फोट

bomb-blast

रौतहट, २६ कात्तिक । रौतहटको इशनाथ नगरपालिका स्थित मठिया प्रहरी चौकीमा मंगलबार बम विस्फोट भएको छ । विस्फोटमा परी चौकीमा सेन्ट्री बसेका प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् । यादवलाई बमको छर्राले समान्य चोट लागेको प्रहरीले जनाएको छ । बम प्रहार गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले भारतीय नागरिक चन्दन कुमारलाई पक्राउ गरेको छ ।

बीआर०५एच ६५०९ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । चौकीमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले पुष्टि गरेको छ ।पक्राउ परेका भारतीय नागरिकवारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विस्फोटमा संलग्न अर्का एकजना भने फरार रहेको जनाइएको छ । घटना पछि सीमाक्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ ।
००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);