पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

gokul baskota bomb bispot

काठमाडौं, २८ फागुन । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट भएको छ । मध्यपुर ठिमी नगरपालिका–१ मनोहरामा रहेको बाँस्कोटाको घरमा बुधबार बिहान बम विस्फोट भएको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बम विस्फोटबाट बाँस्कोटाको बन्दै गरेको घरको पर्खाल भत्किनुका साथै झ्यालका सिसाहरु फुटेका छन् । बम विस्फोट कसले गराएको भन्ने पत्ता नलागेको र अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ । बाँस्कोटा भने बालकोटमा रहेको प्रधानमन्त्री ओलीको घरमा बस्दै आउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रकरणमा घुसका लागि बार्गे्निङ गरेको अडियो बाहिरिएपछि मन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

gokul baskota bomb bispot (2)

ताजा समाचार