कांग्रेसमा आन्तरिक किचलो चरम उत्कर्षमा, तेस्रो गुटको उदय (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

कांग्रेसमा आन्तरिक किचलो चरम उत्कर्षमा, तेस्रो गुटको उदय (भिडियोसहित)

बटुकराज गिरि

काठमाडौं । मुलुकको सबै भन्दा पुरानो पार्टी नेपाली कांग्रेसले पछिल्लो समय लय गुमाउँदै गएको छ । संसदको सबैभन्दा ठुलोदल भएपनि मुलुकको नेतृत्व तेस्रो पार्टीलाई सुम्पिएको कांग्रेसले पछिल्लो समय संस्थापन इतर पक्ष आक्रमक ढंगले संस्थापन पक्ष प्रति लागि परेको छ । इतर पक्षका केहि नेताहरु विशेष महाधिवेशनको माग गर्दै देउवाकै विकल्प खोजिरहेका छन् भने सभापति देउवा उनीहरुको तर्क प्रति वेखबर जस्तै देखिन्छन ।

नेपाली राजनीतिमा पटक–पटक पुस्तान्तरणको बहस चल्छ । तर यो बहसले ठोस आकार लिन सकेको छैन । राजनीतिक दलहरुमा जकडिएको पुरातन सोचले पुस्तान्तरणलाई चुनौती दिइरहेको छ । आफूलाई लोकतन्त्रवादी र ठूलो जनमत भएको दाबी गर्ने दलहरुमा त झन् ठूलो समस्या छ । यस्तो समस्या पछिल्लो समय नेपाली कांग्रेसको आन्तरिक विवाद भित्र चुलिदो छ । ऊ बाहिरी रुपमा हेर्दा जति बलियो देखिन्छ, आन्तरिक रुपमा त्यति नै कमजोर बन्दै गएको पछिल्ला केहि दृष्टान्तहरुले दर्शाएको छ । पार्टीमा सभापति देउवाको एकलौटी निर्णय र कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गइरहेको छ । विधान अनुसार हरेक २ महिनामा बस्नु पर्ने केन्द्रिय बैठक वर्ष दिन बित्नै लाग्दा पनि बस्न सकेको छैन । त्यतिमात्रै होइन कांग्रेसका भ्रातृ र शुुभेच्छुक संस्था भद्रगोल छन भने कतिपयको वर्षौँदेखि न नेतृत्व हस्तान्तरण हुन सकेको छ, न संघीय संरचनाअनुसारको संगठनै  । यसको प्रतिवादमा इतरपक्षले निरन्तर सभापति देउवा र संस्थापन पक्षको मनोमानी भएको भन्दै आक्रोश ब्यक्त गर्दै आइरहेका छन् ।

सरकार र सत्ता गठबन्धनमा बलियो हैसियतमा रहेपनि सरकारमा मन्त्री सिफारीस गर्नेदेखि रेशम चौधरीलाई जेलमुक्त गर्ने तथा नागरीकता विधेयक पारीत गर्ने सन्दर्भमा देउवाले पार्टीका तर्फबाट एकलौटी सिफारीस गरेको इतर पक्षको आरोप छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भइरहेका बालकृष्ण खाँडका सम्बन्धर्मा पार्टी सभापतिको मौनतालाई पनि इतरपक्षले विररोध गरेको छ । कांग्रेसमा शक्तिशाली मानिने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सभापति देउवाको एकलौटी निर्णयले पार्टीलाई ठुलो आघात पुगेको अभिब्यक्ति दिँदै आएका छन् । तर उनीहरुको अभिव्यक्तिलाई देउवाले खासै महत्व दिएका जस्तै नदेखिने उहाँकै सार्वजनिक अभिव्यक्तिबाट बुझनलाई कुनै कठिन छैन ।

१४औँ महाधिवेशनमा एकै टिममा रहेका नेता शेखर कोइराला र महामन्त्री थापाबीच पछिल्लो समय खटपट बढ्दै गएको संकेत पनि देखिएको छ । जसको लाभ देउवालाई मिलिरहेको छ । पार्टीमा पुस्तान्तरण हुनु पर्ने भन्दै एककोहोरो रुपमा लागि परेको महामन्त्री थापाले पाका नेताहरुविरुद्ध पेचिलो र युवा पुस्ता नेताहरुलाई नरम अभिब्यक्ति दिन थालेपछि इतर पक्षमै फाटो आउन थालेको छ । अहिले पार्टी रुपान्तरणको अभियानमा पनि कांग्रेस एक जुट छैन । बैठक बसन सकेको छैन भने नेताका तिक्ताता सार्वजनिक कार्यक्रममा मात्र सुनिन्छ । जसले गर्दा पार्टीमा पुस्तान्तरणको अभियानका कारणले संस्थापन र इतर पक्ष भन्दापनि कतै तेस्रो धारको नयाँ गुट जन्मिने त होइन भन्ने आशका देखिन्छ । यसले गर्दा कांग्रेस भित्र रुपान्तरण र पुस्तान्तरण युवा नेताहरुलाई भाषण गर्ने माध्यम मात्रै हुने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);