शम्भू माली
२३ चैत कपिलवस्तु ।आगामी बैशाख ३१ का लागी निर्धारित स्थानिय निकायको निर्वाचनका लागी आवेदन दिएका म्यादी प्रहरीको छनौटका लागी बुद्धस्थल कुदानमा लिखित परिक्षा सञ्चालन गरिएको छ । शान्तिपुर्णस्थल र सामुहिक परिक्षास्थलको अभाव भए पछि बुद्धस्थल कुदानमा म्यादी प्रहरीको लिखित परिक्षा कुदानमा गरिएको हो ।
म्यादी प्रहरीको शारिरीक परिक्षण र व्ययाम परिक्षामा उत्तिर्ण भएका २ हजार ९ सय १२ मध्य २ हजार ८ सय बढि परिक्षामा सहभागी भएका थिए । परिक्षामा सहभागीलाई १० वटा वस्तुगत प्रश्नमा २० मिनटको समयमा तोकि परिक्षा लिईएको थियो । जिल्लामा आबेदन दिएका मध्य २ सय बढि लिखित परिक्षामा सहभागी भएको र १ हजार ८ सय ९१ जना अन्तरबार्ताबाट छनौट गरिने प्रहरी उपरिक्षक भोजजंग शाहले जानकारी दिए ।
आबेदकलाई शान्त र मनोरम बातावरणमा परिक्षा दिलाउनका लागी बुद्धस्थल कुदान चयन गरिएको प्रजिअ बिष्णु प्रसाद ढकालले बताए । लिखित परिक्षाको नतिजा मंगलबार सम्म आउने र बुधबार सम्म छनौट प्रक्रिया सम्पन्न हुने प्रजिअ ढकालले जानकारी दिए ।
यस अघि जिल्लामा ३ हजार १ सय ३५ पुरुष र ५ सय १ जना महिला गरि कुल ३ हजार ६ सय ३६ ले आबेदन दिएका थिए । जसमा पुर्व म्यादी प्रहरी १ सय २८ जना तथा १० जना पुर्व प्रहरी, शसस्त्र र सेनाका जवानहरु थिए । जसमा स्वास्थ्य र शारिरीक व्यायाममा २ हजार ९ सय १२ जना पास भएका थिए ।
भगवान गौतमले ज्ञानप्राप्त गरे पछि पहिलो पटक राजधानी कपिलवस्तु आउदा बुवा शुद्धोदनलाई भेटघाट गरेको स्थानको रुपमा कुदान परिचित छ । त्यस्तै श्रीमति यशोधरा, छोरा राहुल र प्रजापति लगायत ५ सय शाक्यहरुलाई चिवर (भिक्षुले लगाउने पहेलो कपडा) प्रदान गरेर बौद्ध संघमा सामेल गराइएको तथ्य पुस्तकहरुमा पाइन्छ ।