काठमाडौं, १५ चैत्र । नेकपा (एमाले)को नेताहरु यतिबेला मिसन ग्रासरुट कार्यक्रम लिएर देश दौडाहममा छन् । अध्यक्ष केपी शर्मा ओली यतिबेला पाल्पाको तेजरानी महलमा पुगेका छन् ।
ओली दम्पत्तिले तेजरानी महलमा सेल्फी खिचाएका छन् । सो महल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
गत चैत्र १२ गते अर्घाखाँचीको मसुरपाटा (सेल्फी डाँडा) मा ओली दम्पत्तिले लिएको सेल्फी तस्बिर निकै भाइरल भएको थियो ।