काठमाडौं । घरेलु टोली नेपाल र भुटान प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा भिड्दैछन् ।
खेल साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ । नेपाल र भुटान दुवैले समूह चरणमा लाअोसको सामना गरिसकेका छन् । नेपालले पहिलो खेलमा लाअोसलाई २–० ले पराजित गर्दा भुटान २–१ ले पराजित भएको अवस्था छ । आजको खेलमा नेपालले जित वा बराबरी हासिल गरे फाइनलमा स्थान बनाउनेछ ।
यसबाहेक १ गोलको अन्तरले हार बेहोरेपनि नेपालले फाइनल यात्रा तय गर्नेछ । भुटानले भने फाइनल पुग्न कम्तीमा २ गोल अन्तरको जित हासिल गर्नुपर्ने समिकरण रहेको छ । लाअोसको फाइनल स्थानको तय पनि यसै खेलले निर्धारण गर्नेछ ।
नेपालको बराबरी वा जितले लाअोस र नेपाल फाइनल पुग्नेछन् । भुटानले ३ वा सोभन्दा बढी गोलले जिते मात्र नेपाल बाहिरिने छ ।




