थ्री नेसन्स कपको उपाधिका लागि नेपालले लाओससँग खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

थ्री नेसन्स कपको उपाधिका लागि नेपालले लाओससँग खेल्ने

काठमाडौं । घरेलु टोली नेपालविरुद्ध अग्रता लिएको भुटान अन्तिम मिनेटतिर सम्हालिन नसक्दा १–१ को बराबरी खेल्दा नेपालमा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलवार भएको खेलमा भुटान नेपालसँग १–१ को बराबरीमा रोकिएसँगै प्रतियोगिताबाट बाहिरिएको हो । बराबरीपश्चात नेपाल भने फाइनल पुगेको छ । अब नेपालले उपाधिका लागि लाओस प्रतिद्वन्द्वी पाएको छ । भुटानबिरुद्ध पछि परेको नेपालका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका दीपकराज सिंह ठकुरीले अन्तिम मिनेटमा गोल गरेसँगै नेपाल हारबाट जोगिएको पनि छ ।

निशान खड्काले कर्नरबाट प्रहार गरेको बललाई डिफेन्डर अनन्त तामाङले हेडरमार्फत उपलब्ध गराएको पासलाई दीपकले हेडमार्फत नै जाली चुमाउन सफल भएका थिए । उनले नेपालका दोस्रो खेलमा पहिलो गोल गर्न सफल भएका हुन् । यस अघि उनी लाओस बिरुद्धको खेलमा डेब्यु गरेका थिए ।

अघिल्लो चरण प्रवेशका लागि जित्नै पर्ने दबाबका साथ खेलेको भुटानले पहिलो हाफमा अग्रता लिएको थियो । भुटानले कुनैपनि खेलमा नेपाल विरुद्ध अग्रता लिएको पहिलो क्षण थियो । यस अघि नेपाल र भुटान १२ पटक आमने सामने भएपनि सधै नेपाल भुटान विरुद्ध हावी हुँदै आएको थियो । तर आजको खेलमा भने भुटानले उत्कृष्ट गोल गर्दै नेपाल विरुद्ध शुरुवाती अग्रता लिएको थियो । १९ औं मिनेटमा तेन्जिन नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । दावा छिरिङको कर्नरमा नोर्बुले हेडरमार्फत उत्कृष्ट गोल गरे । यो नै नेपालमाथि भुटानको यो ऐतिहासिक प्रदर्शन हो । भुटानले पहिलो पटक नेपालसँग बराबरी पनि खेलेको हो । यता भुटानलाई लाओसविरुद्ध २–१ को नजिता निकै महंगो सावित भएको छ ।

यस बराबरीसँगै नेपाल फाइनलमा पुगेको छ । भुटान भने बाहिरिएको छ । पहिलो खेलमा नेपालले लाओस बिरुद्ध २–० को जित निकालेको थियो । अब नेपालले लाओससँग चैत १७ गते उपाधिका लागि खेल्नेछ । यससँगै लिग चरणका खेल पनि सकिएका छन् । नेपालले २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेर फाइनल पुगेको छ भने लाओसले २ खेलमा ३ अंक जोडेर उपविजेताको रुपमा उपाधि नजिक पुगेको हो । भुटान १ अंक जोडेर घर फर्किएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);