काठमाडौं,२२ माघ । नेपालले बंगलादेशमा जारी साफ यु–१९ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा भुटानमाथि कठिन जित निकालेको छ ।
ढाकाको विएसएसएस रंगशालामा आइतबार भएको खेलमा नेपालले भुटानलाई १–० गोलले हराएको हो । नेपालको जितमा सेनु परियारले ५४औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो । भुटान भने पहिलो खेलमा भारतसँग १०–० गोलले पराजित भएको थियो ।
दोस्रो हारसँगै भुटान प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अब लिग चरणको अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ । शीर्ष दुई टोलीबिच फाइनल भिड्न्त हुनेछ ।




