विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सातै प्रदेशमा गर्न व्यवसायीहरुको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सातै प्रदेशमा गर्न व्यवसायीहरुको माग

काठमाडौं,२२ माघ । निर्माणसँग सम्बन्धित नेपाल विल्डकन प्रदर्शनी काठमाडौंमा मात्रै सिमित नभइ सातै प्रदेशमा गर्न आवश्यक रहेको व्यवसायीहरुले बताएका छन् । नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागिता जनाएका निर्माण सम्बन्धि व्यवसायीहले यस्तो माग गरेका हुन् । उनीहरुले काठमाडौंको भृकुटीमण्डममा माघ १८ गतेदेखि शुरु भएको ४ दिने मेलामा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता देखिएकाले काठमाडौं भन्दा बाहिर पनि प्रदर्शनी गर्न आवश्यक रहेको बताए । मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्सले संयुक्त रुपमा आयोजना गरेको प्रदर्शनीको आज अन्तिम दिन हो । मेलामा व्यवसायीहरुले विगतका वर्षहरुमा भन्दा यस वर्षको मेलामा पहाडी जिल्लाका अवलोकनकर्ताहरु समेतले अवलोकन गरेको व्यवसायीहरुले बताए । एसियन पेन्सका मार्केटिङ म्यानेजर रविन रेग्मीले पछिल्लो समय नयाँ–नयाँ टेक्नोलोजी विकास भएकाले अहिलेको उपभोक्ताहरु पनि त्यही टेक्नोलोजी खोजिरहेको बताउनु भयो । उहाँले उपभोक्तालाई आवश्यक रहेको नयाँ टेक्नोलोजीहरु यस्तो प्रदर्शनीहरुमा अवलोकन गरेर हेर्न पाउने अवसर मिल्ने बताउनु भयो । उहाँले पछिल्लो समय प्रदर्शनीहरु पनि उपभोक्ताहरुको आवश्यकतालाई हेरेर गर्न लागिएको बताउनु भयो । उहाँले उपभोक्ताहरुको राम्रो प्रतिक्रिया रहेकाले यस्ता मेलाहरु काठमाडौं केन्द्रित मात्रै नभएर सातै प्रदेशमा गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मेला सार्थक भएको छ । मेलामा विभिन्न निर्माण क्षेत्रमा आवश्यक कम्पनीबाट उत्पादित वस्तुहरुको एकै छानामुनी अवलोकन गर्ने अवसर छ । निर्माण क्षेत्रको आगामी भविष्य कस्तो हुन्छ भन्ने कुरा देखिन्छ । यस्ता खालका प्रदर्शनीले कम्पनीहरुले उत्पादन गरेका बस्तुहरु प्रदर्शनी गर्ने राम्रो अवसर भएको छ । पछिल्लो समय दिनप्रतिदिन प्रविधि परिवर्तन भइरहेको छ । प्रदर्शनीमा अवलोकनकर्ताको आवश्यकताका आधारमा प्रदर्शनी गरिएको छ । वर्तमान टेक्नोलोजीमा बनेको निर्माणसँग सम्बन्धित वस्तहरुको एकै छानमुनी अवलोकन गर्न पाउनु अवलोकन कर्ताहरुको लागि राम्रो अवसर हो । लामो यात्रा गरेर प्रदर्शनी अवलोकन गर्न आएका छन् । प्रदर्शनी अवलोकन गर्ने इच्छा भएका मानिसहरुले पनि सिमित समय भएकाले पाएका छैनन् । यस्ता खालका प्रदर्शनी अब सातै प्रदेशमा गर्न आवश्यक रहेको छ ।’

अल्टवुडका मार्केटिङ म्यानेजर विवेक डंगोलले पनि यस्ता खालका मेलाहरु सातै प्रदेशमा हुन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय रुपमा पनि गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अल्टवुडका सामग्री मुलुकभर माग रहेको बताउनु भयो । त्यस्तै हुलास स्टिलका मार्केटिङ म्यानेजर नरेश यादवले मेला सोचेको भन्दा राम्रो भएको बताउनु भयो । उहाँले यस्ता खालका मेलाहरु काठमाडौं केन्द्रित मात्रै नभएर सातै प्रदेश स्तरमा हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अल्टवुडका सामाग्री मुलुकभर माग रहेकाले यो मेलामा अवलोकन गर्न आउनेहरुको राम्रो भन्नुभयो । उहाँहरुले अल्टवुडको पिभिसी,डब्लुपिसी दुवै मन पराएको अहिलको सबैको आवश्यकता बनेको प्रदर्शनीमा अवलोकनकर्ताहरुले दिएको प्रतिक्रियाबाट थाहा भयो । यस्ता खालका मेला काठमाडौंमा मात्रै नभएर अन्तर्राष्ट्रिय रुपमा पनि हुनुपर्छ । अल्टवुड काठमाडौंमा मात्रै नभएर देशभरका सहरहरुमा उपलब्ध रहेको छ । सातै प्रदेशमा माग रहेकाले यस्ता खालका प्रदर्शनीहरु गर्न आवश्यक छ ।’

यता मिडिया स्पेस सोलुसन्सका कार्यकारी निर्देशक सिर्जल भट्टराईले मेला सोचेको भन्दा राम्रो भएको बताउनु भयो । उहाँले मेलामा निर्माण व्यवसायी,निजी क्षेत्र,सर्वसाधरणहरुले अवलोकन गरेको बताउनु भयो। उहाँले मेलामा २५ हजारसम्म अवलोकन गर्ने अपेक्षा भए पनि अपेक्षा भन्दा धेरैले अवलोकन गरेको बताउनु भयो । उहाँले आईतवार दिउँसोसम्म ३५ हजारले अवलोकन गरेको बताउनु भयो । भट्टराईले अन्तर्राष्ट्रिय प्रविधिहरुलाई सहज रुपमा देखाउनको लागि यस्ता खालका प्रदर्शनीहरु काठमाडौं केन्द्रित गरिएको बताउनु भयो। उहाँले काठमाडौं बाहिर अन्तर्राष्ट्रिय मेलाहरु गर्न स्तरीय प्रदर्शनी स्थल र विदेशी पाउनाहरुलाई राख्ने स्तरीय होटलहरुको कमीको कारण पनि गर्नसक्ने अवस्था नभएको बताउनु भयो । मेलामा निर्र्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रका नविनतम प्रविधिको बारेमा जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पु¥याउने काममा सार्थकता पाएको आयोजकले बताएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);