नेपाल प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नेपाल प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा प्रवेश

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा भुटानलाई बराबरीमा रोक्दै नेपाल अंकका आधारमा फाइनलमा पुग्न सफल भएको हो ।

खेलको १९औं मिनेटमा तेन्जिन नोर्बुले गोल गर्दै भुटानलाई सुरुआती अग्रता दिलाएका हुन् । दावा छिरिङको कर्नरमा नोर्बुले हेडरमार्फत गोल गरेका थिए ।

खेलको अन्तम समयसम्म गोलका लागि संघर्ष गरिरहेको नेपालका लागि ९०औं मिनेटमा दिपक राज सिंह ठकुरीले गोल गर्दै नेपाललाई बराबरीमा ल्याउन सफल भएको हो ।

नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको थियो । प्रतियोगिताका शीर्ष दुई टोली लाओस र नेपाल उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);