काठमाडौं, १२ चैत्र । लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ ।
आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको स्रोतले जनाएको छ ।
माओवादीबाट लुम्बिनी सरकारमा ३ जना मन्त्री थिए । जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जनाले आज मन्त्रीबाट राजीनामा बुझाएका हुन् ।