काठमाडौं,९ चैत्र । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव चैत १२ गते हुने भएको छ ।
विद्यार्थीहरुले लगाएको ताला खोलेर निर्वाचन प्रक्रियामा जाने सहमति भएसँगै निर्वाचन तालिका सार्वजनिक गरिएको हो ।
गत फागुन २५ गते सम्पूर्ण विद्यार्थीको नामावली सार्वजनिक नभएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल(क्रान्तिकारी)ले संयुक्त रूपमा निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थिए ।




