उपनिर्वाचनबारे छलफल गर्न लोसपले बोलायो बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

उपनिर्वाचनबारे छलफल गर्न लोसपले बोलायो बैठक

काठमाडौं, ९ चैत्र । उपनिर्वाचनबारे छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले बैैठक बोलाएको छ । लोसपाले आज कार्यकारिणीको समितिको बैठक दिउँसो १ बजे बोलाएको हो ।

आजको बैठकमा आगामी बैशाख १० गते हुने उपनिर्वाचन र पछिल्लो समसामयिक विषयमा छलफल हुने स्रोतले जनाएको छ । सम्मानजनक मन्त्रालय बाँडफाँट भए लोसपा पनि सरकारमा जान तयार रहेको स्रोतको दाबी छ।

सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त रहेको बारा–२ मा लोसपाले नवल किशोर सिंहलाई उम्मेदवार बनाउन खोजेको छ । यद्यपी सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने प्रबल सम्भावना देखिन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);