उपराष्ट्रपतिको मतदान सकियो, कति खस्यो मत ? | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

उपराष्ट्रपतिको मतदान सकियो, कति खस्यो मत ?

काठमाडौं । बिहान १० बजेबाट सुरु भएको उपराष्ट्रपतिको चुनावको मतदान सकिएको छ । संसद भवनमा रहेको मतदान केन्द्रमा अपराह्न ३ बजे मतदान सकिएको हो ।

संघीय संसदका ३३१ जना सांसदमध्ये २० जना सांसदले मतदान गरेनन् । यस्तै सातवटै प्रदेशका ५५० सांसदमध्ये ३२ जना सांसदले मतदान गरेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले यस अघिनै उपराष्ट्रपतिको निर्वाचनमा भाग नलिने घोषणा गरिसकेको थियो । उपराष्ट्रपतिमा संघीय संसदका ३११ सांसद र प्रदेशका ५१८ सांसदले मतदान गरेका छन् ।

मतदान सकिएसँगै मतगणनाको प्रक्रिया सुरु भएको निर्वाचन आयोेगले जनाएको छ । उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, ममता झा र अष्टलक्ष्मी शाक्य उम्मेदवार रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);